विश्व स्वास्थ्य संगठन र रोटरी क्लबको सक्रियतामा पोलियो उन्मूलन अभियानले विश्वव्यापी सफलता हासिल गरेपछि विश्वभरका रोटरी क्लबहरूले यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै आएका छन्।

यसैक्रममा महोत्तरीको बर्दिबासस्थित रोटरी क्लबले पनि र्‍याली आयोजना गर्दै पोलियो उन्मूलनको सन्देश प्रवाह गरेको छ।

हरेक वर्ष अक्टोबर २४ मा मनाइँदै आएको विश्व पोलियो दिवस मौसम प्रतिकूलताका कारण मनाउन ढिलो भएको क्लबकी अध्यक्ष सुमित्रा भट्टराईले जानकारी दिइन्।

1c156942-6e2e-43f2-8129-d7baa43ed2a0

नेपालमा वि.सं. २०६७ अर्थात् सन् २०१० यता पोलियोको नयाँ संक्रमण देखिएको छैन। विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई पोलियोमुक्त मुलुक घोषणा गरिसकेको छ। सन् २०२६ सम्म विश्वव्यापी रूपमा पोलियो उन्मूलन गर्ने लक्ष्य लिइएको छ। हालसम्म विश्वमा पोलियो रोग ९९ प्रतिशत उन्मूलन भइसकेको रोटरीयनहरूले बताएका छन्।

c4fb10ab-f03c-4f98-bdae-683f5da4c8a6

सयौँ विद्यार्थी, रोटरीयन, रोट्र्याक्ट सदस्य तथा स्थानीयको बाक्लो सहभागितामा गौतम होटलनजिकबाट सुरु भएको र्‍याली सिन्धुली रोडस्थित पिपल चौतारीमा पुगेर सम्पन्न भएको थियो।

र्‍यालीपछि आयोजित कोणसभामा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरपालिकाले घरघरमै पुगेर पोलियोविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउँदै आएको बताए।

9c498cc5-da23-447d-ab9c-de4861005a1c

समापन कोणसभामा अन्तरसंघ–संस्था समन्वय सञ्जालका अध्यक्ष रामकुमार कार्की, हेल्प फाउन्डेसनका अध्यक्ष तथा अधिवक्ता टीकाकाध्वज खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्की र रोटरी क्लब अफ बर्दिबासकी अध्यक्ष सुमित्रा भट्टराईलगायतले पोलियो उन्मूलन अभियानको महत्वबारे धारणा राखेका थिए।